पोखरा । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को अध्यक्षमा सौर्यनाथ आचार्य दोहोरिएका छन् ।
आइतबार र सोमबार पोखरामा भएको निसानको चौथो अधिवेशनले आचार्यलाई सर्वसम्मतरूपमा पुन: अध्यक्ष चयन गरेको हो । उनको नेतृत्वमा ११ जना पदाधिकारीसहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको नवनिर्वाचित सचिव नारद खड्काले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा अरुण पौडेल तथा दुई जना उपाध्यक्षमा घनेन्द्र भट्टराई र रवीन्द्र मिश्र चयन भएका छन् ।
यसैगरी, महासचिवमा नवराज सापकोटा, उपमहासचिवमा निराजन सेढाईं तथा कोषाध्यक्षमा पुष्करराज नेपाल र सहकोषाध्यक्षमा शिवमणि ढकाल चयन हुँदा दुई जना सचिवमा नारद खड्का र सुदर्शन बजगाईं र सहसचिवमा दिनेश बस्नेत चयन भएका छन् ।
त्यस्तै, परीक्षा विभाग प्रमुखमा मधुसुदन ढुङ्गाना र तालिम विभाग प्रमुखमा सागर दाहाल चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरूमा राजेश घिमिरे, कृष्ण भण्डारी, नारायण अधिकारी, भरत ढकाल, प्रेम भण्डारी, तेजबहादुर राई, चोभराम पराजुली, विजय श्रेष्ठ, अजय तामाङ र नारायण धिमाल चयन भएका छन् ।
यसैगरी, निसानको विधानबमोजिम प्रमुख सल्लाहकारमा संस्थाका संस्थापक अध्यक्षसमेत रहेका ओम प्रसाद ढकाल स्वत: चयन भएका छन् । उनले शिक्षा नीतिमा निजी विद्यालयहरूको हक अधिकारको प्रतिनिधित्व गराउँदै निजी तथा संस्थागत विद्यालयहरूबीच समन्वय र सहकार्य विस्तारमा निसानले जोड दिनुपर्ने बताए ।
पर्यटकीय नगरी पोखरास्थित सुन्दर सरोबर होटेलमा केन्द्रीय प्याव्सनका अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रमा वागमती प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सञ्जेल विशिष्ट अतिथि र काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट विशेष अतिथिका रूपमा सहभागी थिए ।
अधिवेशनमा निसानका पदाधिकारी तथा सदस्यहरू, प्याब्सनका पालिकाका अध्यक्षहरू, सदस्य विद्यालयहरूका संस्थापक, निर्देशक, प्रिन्सिपल तथा शिक्षाप्रति समर्पित पव्लिकेशन प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS