काठमाडौं, असोज २० – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएपछि सोमबार उनको कोरोना परीक्षणको लागि सोमबार स्वाब संकलन गरिएको थियो ।
उनमा आँखा दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने समस्या देखिएको परिवारले जानकारी दिएका छन् । चौधरी हाल होम आइसोलेसनमा रहेकी छन् । उनको आज (मंगलबार) रिपोर्ट आएको हो ।
FACEBOOK COMMENTS