काठमाडौं, फागुन ८ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग उठेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौं रकमको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएसंगै प्रतिपक्षी नेपाली कांग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजात्नत्र पार्टी, सङ्घीय समाजवादी पार्टी लगायतले मन्त्री बास्कोटालाई तुरुन्तै बर्खास्त गरी छानविन गर्नुपर्ने माग गर्दै आइरहेको अवस्थामा अब सत्तारूढ नेकपाबाट नै मन्त्रीलाई राजीनामा दिन लगाउनु पर्ने र यसबारेका निस्पक्ष छानविन गर्नुपर्ने माग उठेको छ ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ बाहिरिएकाले राजीनामा दिनुको विकल्प नरहेको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।
यसैबीच बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्कोटाले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् । प्रचण्डले बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसबारे कुरागर्न प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । बलात्कारकोे आरोप लागेपछि केहि समय पहिले सभामुख पदमा रहेका कृष्ण बहादुर महरालाई तत्काल राजिनामा दिन लगाएका थिए । अब प्रधानमन्त्रीले यो काण्डमा नैतिकता पेश गरेर राजीनामा दिन लगाउछन् वा लगाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।
FACEBOOK COMMENTS