काठमाडौं, चैत ७- नेपालसँग सीमा जोडिएको प्रदेश सहित भारतका २० राज्यमा कोरोना भाइरस फैलिएको छ। हालसम्म भारतमा कोरोनाबाट १ सय ७३ जना संक्रमित भएका छन् भने चार जनाको ज्यान गइसकेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपालसँग सीम जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र वेष्ट बंगालसम्म कोरोना संक्रमण फैलिसकेको छ ।ति शहरहरुबाट नेपालमा हुने प्रवेशमा नेपाल सरकारले पनि कडाई गरिसकेको छ ।
कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ। त्यसपछि केरला र उत्तर प्रदेशमा धेरै संक्रमण फैलिको छ। दिल्ली, कर्नाटक, महाराष्ट्र र पञ्जावमा एक(एक जनाको मृत्यु भएको हो ।
FACEBOOK COMMENTS