कठमाण्डौ– नेपाली चिनी उद्योगीले विदेशबाट चिनी भित्राई स्वदेशी भन्दै विचेको सांसदले बताएका छन् ।
मंगलबार सार्वजानिक लेखा समितिको बैठकमा नेकपा सांसद विरोध खतिवडाले चिनी उद्योगी तानाशाहा प्रवृतिका भएको आरोप लगाएका हुन् ।
उनले नेपालमा चिनी उत्पादन नगर्ने उद्योगले पनि नेपाली चिनी भन्दै सरकारको आँखा छलेको आरोप लगाए । ‘भारत, पाकिस्तान लगाएतका देश बाट अवैध रुपमा सस्तोमा चिनी भित्राई यहाँ महंगोमा विक्री गर्ने गरेका छन्’ उनले बताए ।
त्यस्तै नेपाली कांग्रेसका संसद तथा पुर्व मन्त्री मिनेन्द्र रिजालले नेपाली चिनी उद्योगले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन भने नेपाली उद्योग नै बन्द गरे हुने सुझाए । उनले उपझोक्तालाई महंगो पर्छ भने नेपालमा उखु लगाउनुको सट्टा अर्कै कुनै खेती गर्नु पर्ने बताए ।
चिनीको समस्या कसरी समाधान गर्न सकिन्छ अर्थमन्त्रालय संग छलफल गरेर निकर्षमा पुग्न लेखा समितिलाई आग्रह गरे ।
सरकारले दशै अघि चिनीमा परिणात्मक बन्देज लगाएपछि चिनीको भाउ आकासिएको छ ।
लेखा समितिले चिनीको भाउ नियन्त्रण गर्न सांसद लेखराज भट्टको संयोजकमा उपसमिती गठन गरेको थियो । उक्त समितिले तयार पारेको प्रतिबेद सार्वजानिक लेखा समितिले बल्ल पारित गरेको छ ।
समितिले चिनीको भाउ ६३ नै हुनु पर्ने बताएको छ ।
बैठकमा अधिकांस सांसदले बजारको अराजकता सरकारले रोक्न नसकेको बताएका छन् ।
FACEBOOK COMMENTS