काठमाडौं, असोज २६ – नेपाल उद्योग वाणिज्य महसंघका उपाध्यक्ष एव प्रतिष्ठित उद्योगी व्यसायी चन्द्र प्रसाद ढकाल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
शनिबार गरिएको उनको पिसीआर परीक्षणमा आईतबार नेगेटिभ रिपोर्ट आएको हो । उनलाई गत असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
दुई हप्ता आईसोलेसनमा बसेर उपाचारपछि कोरोनामुक्त भएका ढकालले यस अवधिमा आफ्नो स्वास्थ्यप्रति चासो राख्ने एवं स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरेका छन ।
FACEBOOK COMMENTS