काठमाडौँ– नेपाल टेलिकमले ५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रतिशेयर ५५ रुपैयाँ दिने प्रस्ताव गरेको हो।
कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छ।
गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।
