काठमाण्डौँ — नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा आठ आकांक्षीको प्रतिस्पर्धा हुने भएको छ।
११ जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको योग्यताका आधारमा आठजनालाई ‘सर्टलिस्ट’ गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।
मन्त्रालयले प्रतिस्पर्धीलाई पुस १६ र १७ गते व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि मिति तोकेको छ।
आठजना प्रतिस्पर्धीबाट प्रबन्ध निर्देशक छनोट समितिले तीनजनालाई सिफारिस गर्नेछ।
सरकारले पद खाली भएको झन्डै चार महिनापछि प्रबन्ध निर्देशक नियुक्त गर्न लागेको छ।
— नागरीक
FACEBOOK COMMENTS