काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवालाई प्रभावकारी बनाउन र ग्राहकको सेवालाई सहज बनाउन सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
हाल कम्पनीले दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । यस सँगै वाईफाई नै खोज्नुपर्ने र कुरेर बस्नुपर्ने बाध्यताको भने अन्त्य हुने विश्वास लिइएको छ ।
यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना ल्याएको छ । यो सुविधा लिन आइडिआइजी लेखेर १४१५मा पठाएपछि २४ घण्टा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। यसका लागि जम्मा ४५ रुपियाँ करसहित शुल्क लाग्नेछ ।
यो सेवा लिन ७डी ७जी लेखेर १४१५मा पठाउनुपर्नेछ। कम्पनीका अनुसार सात दिनसम्म एक जिबीका दरले डाटा चलाउन सकिन्छ।टेलिकमले सबैभन्दा सस्तो दरको इन्टरनेट सेवाका लागि २८ जिबी समेत ल्याएको छ। ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यसका लागि २८डी२८जी लेखेर १४२५मा पठाउनुपर्ने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमको वेबसाइट मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप बाट पनि यससम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिनेछ ।
FACEBOOK COMMENTS