काठमाण्डौं – नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ।
नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो।
नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात सञ्चालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए।
सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात सञ्चालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ।
जल यातायात संचालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले बताए।
दुई दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी भएका छन्।
FACEBOOK COMMENTS