काठमाडौं, जेठ ३ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतिका लागि पठाएको थियो । गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।
भारतको बैङगलोरबाट एमबीए गरेका खत्रीसँग बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव छ ।
FACEBOOK COMMENTS