काठमाडौं,बैशाख ११- पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका बिपन्न समुदायलाई राहतवितरण गरेको छ । कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनमा मजदुरलाई दैनिकजीवनयापनमा समस्या परेको भन्दै मजदुरहरुलाई राहतप्रदान गरेको हो ।
उद्योगमाकार्यरत ६० जना मजदुर र उद्योग रहेको तिलोत्तमा नगरपालिका बडा नम्बर १५ का ६० जनाबिपन्न परिवारलाई राहत प्रदानगरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । टोलबिकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका बिपन्न परिवारलाई राहत प्रदान गरिएको हो ।
पञ्चकन्या समूहमाकार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजि चामल, ५ केजि आटा, ५ केजी आलु, २ केजि चीउरा, २ केजि दाल, १÷१ प्याज, नुन, तेल, सावुनलगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाकाप्रतिनिधिहरु लगाएतको सहभागितामा राहतबितरण गरिएको हो । राहतवितरण कार्यक्रममा सामाजिक दुरी कायम गरी गरिएको थियो । लकडाउनमा परेर खान नपाएका बिपन्न परिवारलाई अन्यदिनहरुमा पनि राहतप्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्मचारीहरुले केहि दिन अगाडि उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् । बिश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथाबिपन्न परिवारलाई राहतप्रदानगर्न सहयोग पु¥याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् ।
FACEBOOK COMMENTS