काठमाडौं,भदौ १७ । महालक्ष्मी विकास बैंकले ओम अस्पतालको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको छ ।
यसअन्तर्गत बैंकले हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
बैंकले तीजको दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म स्वास्थ्यशिविर पनि सञ्चालन गरेको थियो । ओम अस्पतालको सहकार्यमा आयोजितनिःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परिक्षण गराइ भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS