काठमाडौं, कात्तिक १९ – पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्।
निमोनियाको बिरामी रहेकी सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।
पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ ।
FACEBOOK COMMENTS