काठमाण्डौँ — नेपालको ताजमहलका भनेर चिनिने पाल्पाको रानीमहल क्षेत्रमा होटलमा लगानी बढ्दै गएको छ।
पछिल्लो समय पर्यटकको आवागमनमा वृद्धि भएपछि होटल खुल्ने क्रम बढेको हो।
पाँच वर्ष अघिसम्म रानीमहलमा एकाध चिया पसलमात्रै थिए।
अहिले आवासीय सुविधा सहितका होटलको संख्या १२ पुगेको छ।
सदरमुकाम तानसेनबाट रानीमहलसम्म जाने १३ किलोमिटर सडकमध्ये ७ किलोमिटर पिच भएको र ६ किलोमिटर ग्राबेल भई सञ्चालनमा आएपछि रानीमहल पुग्ने पर्यटक बढ्दै गएका छन्।
पर्यटकको आगमन बढेसँगै तानसेनदेखि रानीमहलसम्मको बाटोमा विभिन्न किसिमका होटल रेष्टुराँ खुल्ने क्रम बढ्दै गएको हो।
पर्यटकलाई लक्षित गरेर, क्याम्प फायरिङदेखि, कृषि फर्म, कृषि रेष्टुरेष्ट, कटेज, कृषि भान्साघरजस्ता होटल सञ्चालनमा आएका हुन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS