काठमाण्डौँ — धितोपत्र बजारमा स्थायी लेखा नम्बर निवार्य गर्ने सम्बन्धमा लगानीकर्ताको सुझाव समेटिने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबन) ले पान व्यवस्था विषयक अन्तर्क्रिया तथा छलफलमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले लगानीकर्ताको तर्फबाट प्राप्त सुझाव समेटेर सरोकारवाला निकायसमक्ष पेस गरी पान कार्यान्वयनमा सहजीकरण गर्ने बताए।
कार्कीले सरोकारवाला पक्षबीच पानमा रहेका समस्या तथा व्यावहारिक पक्षको जानकारी गराएका थिए।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सेयर खरिद गर्न वैशाख १ गतेदेखि पान अनिर्वाय गर्ने घोषणा गरेको थियो।
— अन्नपुर्ण
