काठमाडौं– गत आर्थिक बर्षको हिसाब राम्रो देखाउन बैंक तथा वित्तीय संस्थाले ब्याज र किस्ता तिर्नका लागि थप ऋण प्रवाह गरेका छन्।
राष्ट्र बैकका अनुसार, अन्तिम दुई साता बैंक तथा वित्तीय संस्थाको ऋण अस्वभाविक रुपमा बढेको छ। जबकी अन्तिमतिर बैंकहरुले ऋण प्रवाह कम गर्छन्।
राष्ट्र बैंकका अनुसार असार १५ देखि २९ गतेसम्म १० अर्ब रुपैयाँ ऋण बढेको छ। त्यसपछिको तीन दिनमा ० १५ अर्बकै हाराहारीमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट ऋण बढेको छ।
अन्तिम समयमा बढेको ऋण ब्याज तिर्नका लागि प्रयोग भएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ।
रियलस्टेट, हाउजिङ, शेयर बजार तथा अन्य उद्योग र ब्यवसायका लागि ऋण लिएका कतिपय व्यवसायीले समयमा पैसा तिर्न नसक्दा बैंकहरुले हरहिसाव राम्रो देखाउन अर्को बाटो रोजेका हुन्।
