काठमाण्डौँ – युनिभर्सल पावर कम्पनीले आईपीओ पुस १५ गतेदेखि निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका गौरिशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका र विगु गाउँपालिका वासिन्दाहरुका लागि २१ लाख ३ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आवेदकले यस आईपीओमा पुस २९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
न्यूनतम ५० कित्ता र अधिकतम ५ लाख कित्ताको आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि शेयर जारी गरेपछि सर्वसाधारणको लागि ९६ लाख ६१ हजार ६ सय १० कित्ता आईपीओ जारी गर्नेछ ।
FACEBOOK COMMENTS