काठमाडौं, कात्तिक २८ – अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले ताइवान चीनको हिस्सा रहेको छैन भनेपछि चीनको परराष्ट्र मन्त्रालयले शुक्रवार कडा जवाफ फर्काएको छ । चीनको हितलाई आघात गर्न खोज्ने कुनै पनि कदमविरुद्ध चीनले प्रत्याक्रमण गर्ने मन्त्रालयको भनाइ छ ।
अमेरिकासँगको सम्बन्धमा ताइवान सबभन्दा संवेदनशील र महत्त्वपूर्ण विषय भएको चीनको भनाइ छ । अमेरिकाको ट्रम्प प्रशासनले ताइवानलाई हातहतियार बेच्दै सहयोग गरेपछि चीन आक्रोशित भएको छ । बिहीवार अमेरिकाको एक रेडियोलाई अन्तर्वार्ता दिँदै पोम्पेओले भने, ‘ताइवान चीनको हिस्सा हैन । रेगन प्रशासनले त्यसलाई पहिचान गरेर ल्याएको नीतिमा अमेरिका विगत ३५ वर्षदेखि अडिएको छ ।’
ताइवानलाई आत्मरक्षाका लागि साधन उपलब्ध गराउन अमेरिकाले कानून बनाएको छ । ताइवानमाथि चीनको दाबीलाई स्पष्ट रूपमा पहिचान नगरी आधिकारिक रूपमा मात्र ताइवान चीनको हिस्सा हो भन्ने कुरा स्वीकार गर्ने गरेको छ ।
FACEBOOK COMMENTS