काठमाण्डौँ — दश रुपैयाँ दरको पोलिमर नोट छपाइमा भएको भ्रष्टाचारमा मुछिएका नेपाल राष्ट्र बैंकका पुर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
सोमबार सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो ।
रावलले अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
करिब १६ वर्ष पुरानो अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS