काठमाण्डौँ — व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए।
अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिनअघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन्।
सर्वोच्च अदालतको आदेशबमोजिम सुमार्गीले बैंक खातामा रकम यथास्थितिमा राख्नुपर्ने राष्ट्रबैंक विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए।
— अन्नपुर्ण
