काठमाण्डौँ — प्रदेश ३ सरकारले १५.३ प्रतिशत रहेको गरिबी ८ प्रतिशत विन्दुले घटाउने लक्ष्य राखी प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
प्रदेशभित्रका भौतिक, सामाजिक र आर्थिक लक्ष्यहरू तय गर्दै नीति तथा योजना आयोगले ०८०र८१ सम्मका योजना सार्वजनिक गरेको हो ।
६ दशमलव ३ प्रतिशत वार्षिक औसत वृद्धिलाई ११ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
आयोगका उपाध्यक्ष खिमलाल देवकोटा उक्त लक्ष्यहरू पूरा गर्ने आधारहरू प्रस्तुत गरेका छन् ।
उनका अनुसार आन्तरिक राजस्वको दायरामा विस्तार र सार्वजनिक खर्चको प्रभावकारी कार्यान्वयन हुने छ ।
नीति आयोगले प्रदेशका लागि तयार पारेको पाँचर्षे रणनीति योजनाको आधारपत्रका आधारमा मन्त्रालय र मातहतका निकायले आवधिक योजना बनाउने आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले जनाए।
— कान्तिपुर
FACEBOOK COMMENTS