काठमाडौं, पुस १२ – जनता समाजवादी पार्टी नेपालका नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर २०१७ सालमा राजा महेन्द्र शाहले भन्दा पनि प्रतिगामी कदम चालेको बताएका छन्।
जसपाले आज काठमाडौंमा गरेको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै उनले ०१७ सालमा बरू राजाले संविधानअनुसार नै भंग गरेको उल्लेख गरेका छन्। ‘राजाले ०१७ सालमा संविधानअनुसार नै भंग गरेका थिए।
त्यो राजनीतिक प्रतिगमन मात्रै थियो,’ उनले भने, ‘अहिले प्रधानमन्त्री ओलीले असंवैधानिक काग गरेका छन्। विवाहमा बजाइने बाजा मलामीमा बजाइएको छ।
एउटा प्रयोजनका लागि बनाइएको संविधानको धारा अर्कै प्रयोजनका लागि प्रयोग गरिएको छ।’ उनले प्रधानमन्त्री ओलीले संसदमा फेस गर्न छाडेर प्रतिनिधि सभा नै भंग गरेको बताए।
FACEBOOK COMMENTS