काठमाडौँ, फागुन १९ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर प्राप्त भए जिम्मेवारी लिनबाट पछि नहट्ने बताएका छन् ।बुधबार चितवनमा पार्टीले आयोजना गरेको एक सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खण्डमा पछि नहट्ने बताएका हुन् ।सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि सत्तारूढ ओली पक्ष र दाहाल-नेपाल पक्षले कांग्रेससँग सहकार्य गर्दै सरकार चलाउने अभिव्यक्ति दिइरहेका छन् ।
FACEBOOK COMMENTS