काठमाण्डौँ —सरकारले स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत एक स्थानीय तहबाट पाँच हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुसालले सबै स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने गरी योजना तयार गर्न लागिएको जानकारी दिए।
स्थानीय तहमा हुने पुँजीगत खर्चको १५ देखि २० प्रतिशतसम्म ज्यालामा खर्च गर्ने गरी नीति बन्न लागेको उनले बताए।
काम र रोजगारीलाई प्राथमिकता दिँदै सरकारले हरेक तहबाटै स्थानीय मानिसलाई रोजगारी दिने भएको हो ।
सरकारले बजेटमै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत एक वर्षभित्र पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरेको थियो।
— अन्नपूर्ण
FACEBOOK COMMENTS