काठमाण्डौँ – प्रभु ग्रुपले ‘प्रभु पे’ नामक अत्यधुनिक डिजिटल वालेट सार्वजनिक गरेको छ।
यसको सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ।
साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थप्ने अफर पनि ल्याइएको छ ।
मोबाइल वालेटका लागि प्रभु पे डाउन डाउनलोड गर्नुपर्छ।
एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सकिने छ।
प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिए ।
FACEBOOK COMMENTS