काठमाण्डौँ – प्रभू बैंकले गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शाखाको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए ।
यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत योगदान पुर्याउने अठोट गरे ।
उनले बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए ।
FACEBOOK COMMENTS