काठमाण्डौँ — प्रोबायोटिक इन्डस्ट्रिज प्रालिबाट उत्पादित खाने तेल ‘खान अयोग्य’ भएको फेला परेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आकस्मिक निरीक्षण गर्दा उक्त उद्योगको तेल गुणस्तरहीन फेला परेको बताए ।
निरीक्षणका क्रममा उद्योगबाट उत्पादित तोरी, भटमास र सूर्यमुखीको प्रशोधित तेलको नमुना र उत्पादनका निमित्त आवश्यक पर्ने अप्रशोधित तेलको नमुना संकलन गरेका बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।
सनफ्लावर, भटमास र तोरीको तेल अयोग्य भएकाले थप कारबाही अघि बढाएको मन्त्रालयले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS