काठमाण्डौं– फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (ईसीटीएस) लागू हुने भएको छ ।
नेपाली व्यवसायीहरूले तेस्रो मुलुकसँगको व्यापारमा लागत र समय दुवै बच्ने भएको हो ।
यस अघि व्यवसायीको कोलकाताबाट सामान छुटाउन १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ ।
यसबाट बिलम्ब शुल्कसमेत बेहोर्नु नपर्ने भएपछि नेपाली व्यवसायीको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ ।
विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने उद्योगी व्यवासायीले विश्वास गरेका छन् ।
कोलकातास्थित पोर्ट तथा कार्गो क्लियरेन्समा ८ देखि १० किसिमका कागजहरू पेश गर्नुपर्ने र करिब दुई दर्जन टेबुलमा हस्ताक्षर गराउँदै जानुपर्ने झन्झट थियो । तर, अब वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमै यो काम हुनेछ । यसबाट समग्रमा मुलुकको आयात निर्यातमा निकै धेरै सुधार आउने, व्यापार लागत घट्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS