काठमाण्डौं– सामाजिक सञ्जालका कम्पनीले नेपालमा दर्ता गराउनु पर्ने भएको छ ।
सुचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सामाजिक सञ्जालका कम्पनी दर्ता भए नेपालबाट बाहिरिने करिव १३ अर्वबाट राजस्व असुल गर्न सकिने बताएका हुन् ।
उनले फेसबुक २६ भन्दा बढी मुलुकमा दर्ता भैसकेकाले नेपालमा पनि दर्ता गर्नु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालबाट हुने अपराध रोक्नको लागि पनि यी कम्पनी नेपालमा दर्ता आवश्यक भएको जानकारी दिए । अहिले व्यक्तिले कमजोरी गरे हाम्रो कानुनले समाउन सक्छ तर कम्पनीले कुनै नराम्रो काम गरे हामिले केहि गर्न नसक्ने भएकाले यी कम्पनीहरु दर्ताको आवश्यक रहेको बताए ।
उनले भने‘पहिला कसैले गल्ती गरे पाप लाग्छ भन्थे अहिले पाप लाग्छ भनेर अपराध रोकिदैन त्यसैले कानुन आवश्यक रहेको हो ।’

सामाजिक सञ्जाल आफैमा हाड्रोजन बम भन्दा खत्रा भएकोले यसलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् ।
