काठमाडौं ।बंगलादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी ३० भन्दा बढी घाइते भएका छन्।तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ। घटनास्थलमा अरू पनि परेका हुन सक्ने भएकाले प्रहरीले खोजी तथा उद्धार कार्य जारी नै राखेको जनाएको छ।
मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ। सुरक्षित नै मानिएको बंगलादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ।बंगलादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो। अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो। घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ।
FACEBOOK COMMENTS