काठमाण्डौँ — बचतपत्रमा लगानी गर्न नागरिकले चासो नदेखाएपछि लगानीको आवश्यकता र महत्व बुझाउन राष्ट्र बैंकले पहल सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र’मा लगानी गर्न सरोकारवालालाई आह्वान गर्दै आएको छ ।
राष्ट्र बैंकले झापाको बिर्तामोडमा ‘वैदेशिक रोजगार बचतपत्रसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालको सार्वजनिक ऋण ९०५ अर्ब रहेको बताए ।
विगत नौ वर्षदेखि सरकारले नियमित वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ ।
— कारोबार
FACEBOOK COMMENTS