काठमाण्डौँ — संघीय संसद अन्तर्गत अर्थ समितिका सांसदहरुले बजेटको पूर्वतयारीका लागि अध्ययन गर्न भन्दै देशको पूर्व–पश्चिम यात्रा गर्ने तयारी गरेका छन् ।
समितिका सभापति कृष्ण दहालको संयोजकत्वमा टोलीले घुम्ने योजना बनाएको हो ।
आगामी आर्थिक वर्षको बजेट कार्यक्रमलाई सघाउ पु¥याउने भन्दै देशका विभिन्न भागमा भ्रमण गर्न लागेको दाहालले बताए ।
समितिको सोमबार बसेको बैठकले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेश हुनुअघि नै अर्थ समितिले सात वटा प्रदेशमा पूर्व बजेट छलफल गर्ने निर्णय गरेको हो ।
नयाँ वर्षको सुरुवातकै पहिलो सातादेखि टोलीको भ्रमण सुरु हुनेछ ।
पूर्व बजेट छलफल र स्थलगत अवलोकन कार्यक्रम पूर्वको झापादेखि पश्चिम धनगढीसम्म पुग्ने उनीहरुको कार्य तालिकामा उल्लेख छ ।
सांसद ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा १२ जना सदस्य सहितको उपसमिति गठन भएको छ ।
प्रदेश नम्बर १ को झापा र विराटनगर, प्रदेश नम्बर २ को जनकपुर र विरगञ्ज तथा प्रदेश ३ को हेटौंडामा भ्रमण गर्नेछ ।
यस्तै सांसद सुरेन्द्र पाण्डेको संयोजकत्वमा अर्को १२ सदस्य सहितको उपसमिति बनेको छ ।
उनीहरुले गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सूदुरपश्चिमको धनगढीमा कार्यक्रम गर्ने योजना छ ।
भ्रमणपछि दुबै उपसमितिले सुझाव सहितको प्रतिवेदन समितिमा बुझाउने छन् ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS