काठमाण्डौँ — राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘‘स्ट्यान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ‘ग्रेडिङ’पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ।
‘सुरु–सुरुमा अढाई किलो तौलमा आएमात्रै किसानले ‘फुल रेट’मा बिक्री मूल्य पाउने प्रणाली कायम गरेका थियौं।
पछि यसलाई दुई किलो दुई सय ग्राम गरेको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।
विगतमा ‘स्ट्यान्डर्ड तौल पु९याउन किसानले बढी दाना खुवाउनु परेको र त्यस अवधिमा कुनै रोगव्याधि आइहालेमा खोर सखाप हुने अवस्था भएकाले विगतको निर्णयलाई पुनरावलोकन गरिएको उनको भनाइ छ।
— नागरीक
