काठमाडौं, मंसिर १५ -बज्रग्रुपले पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई एक कार्यक्रमकाबीच एक बर्षको लागी आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।
कार्यक्रममा बोल्दैं इन्जीनीयर समेत रहेकी श्रृङ्खलाले भनीन् “म स्वयं एक आर्किटेक्ट हुँ , मैले बज्रग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्डको गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्तछु कि यस सहकार्यले बज्रग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्र्न अझै उर्जा मिल्नेछ ।”
बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । यस ग्रुपले बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स लगायतका काम गर्दै आएको छ । नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले बिभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगट्न सफल भएको कम्पनीले दावी गरेको छ ।
FACEBOOK COMMENTS