काठमाडौं, कात्तिक १९ – बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ।बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
लामो समयदेखि बिरामी रहेका उनको निधन भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उनले दुःख समेत व्यक्त गरेकी छन्।
‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन्। उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन्।
फराज खान एक १९९० को दशकका चर्चित अभिनेता मानिन्थे। उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए।
FACEBOOK COMMENTS