काठमाण्डौँ — बाँकेमा पर्ने हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ ।
सडक निर्माण गर्दै आएको गणपति ग्रुप अफ कन्स्ट्रक्सनले पुरैनादेखि राप्ती नदीसम्मको चार किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरेको हो ।
पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका –२० पुरैनादेखि राप्ती पुलसम्म कालोपत्रे गर्न आइतवारबाट सुरु भएको गणपतिका ग्रुपका साइट इन्चार्ज इन्द्र केसीले जानकारी दिए ।
उनले पुरैनादेखि राप्ती नदीसम्म चार किलोमिटर कालोपत्रे यही पुस महिनाभित्र पूरा गर्नेगरी आइतबारबाट काम सुरु भएको बताए ।
उनले नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको १ हजार १ सयमिटर सडक कालोपत्रेको काम पनि १० पुसभित्र सुरु हुने बताए ।
— राजधानी
FACEBOOK COMMENTS