काठमाडौं, चैत २२ – बेलायतमा कोरोना भाइरस विरुद्धको खोपको दुवै डोज लगाउनेको संख्या ५२ लाख नाघेको छ । जस अनुसार १८ वर्षमाथिका ९.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेका छन् । शनिबारसम्मको तथ्याँकअनुसार हालसम्म ५२ लाख पाँच हजार ५०५ जनाले खोपको दुवै डोज लगाएका छन् ।
खोपको पहिलो र दोस्रो गरि तीन करोड ६६ लाख ३१ हजार १८७ डोज वितरण भएको छ । तीन करोड १४ लाख २५ हजार ६८२ जनाले खोपको पहिलो डोज लिएको स्वास्थ्य विभागले जनाएको छ ।
FACEBOOK COMMENTS