काठमाडौं, चैत १२ – भारतबाट फर्किएकी एक कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाकी ३९ वर्षीया महिला छिन्।
कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीका अनुसार सुरुङ्गा बजारमा पसल गरी बस्ने ती महिलाको उपचारको क्रममा बिहीबार बिहान ४ बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो। करिब १० दिन अघि महिला भारत आफन्तलाई भेटेर घर फर्किएकी थिइन्।
घर फर्किए लगत्तै ती महिलालाई श्वास प्रश्वास सम्बन्धी रोगको समस्या देखिएपछि उपचारका लागि बिर्तामोडकै बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। त्यहाँ उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। थप उपचारका लागि बिएण्डसी अस्पताल भर्ना गरिएकोमा उनको मृत्यु भएको हो।
FACEBOOK COMMENTS