काठमाडौं, साउन १४ – भारतमा पछिल्लो २४ घण्टामा झण्डै ५० हजारकै हाराहारीमा कोरोना संक्रमित थपिएका छन् ।मंगलबारको तुलनामा ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ हजारले बढेर ४९ हजार ६३२ पुगेको हो ।
योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको ३४ हजार २२४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
FACEBOOK COMMENTS