काठमाडौं, कात्तिक १९ –भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।
रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।
उनलाई किन पक्राउ गरिएको भन्ने खुलिनसकेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।