काठमाडौं, ३० माघ-ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरी रहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झड्प भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा न.१ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरी रहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झड्पमा सशस्त्र प्रहरी घाईते भएका छन् ।
सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भईरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।
झड्पमा घाईते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताईएको छ ।ओरिया खोलाको नेपाली भुमी भए पनि भारतीय पक्षले आफ्नों भुमी भन्दै दाबी गर्दै आएको छ । साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीय बिच झड्प तथा बिवाद हुँदै आएको छ ।
FACEBOOK COMMENTS