काठमाडौं, चैत १६ – छिमेकी भारतको सेनाले नेपाली सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ।
सेनाले कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख गरिएको छ। भ्याक्सिनको औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ।
नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह लिने गरेका छन्। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।