मोरङ,माघ ६- नेपाल र भारतको सीमा क्षेत्र विराटनगर–१८, बुधनगरमा निर्माण सम्पन्न एकीकृत जाँचचौकी (आईसीपी) मङ्गलबार हस्तान्तरण हुने भएको छ । भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि भोलिबाट आईसिपी सञ्चालनको तयारी गरिएको छ।
नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत आईसीपीको उद्घाटनपछि भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी राजु शर्माले जानकारी दिए।
त्यसलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालननमा ल्याउने तयारी भएको छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो ।
तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।
FACEBOOK COMMENTS