काठमाडौं – नेपाल चेम्बर अफ कमर्शले मदिरा नियन्त्रणका लागि ल्याउन लागिएको कार्यकारी आदेश रोक्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेको छ।
चेम्बरको प्रतिनिधीमण्डलले मन्त्री थापालाई भेटेर कार्यकारी आदेश कार्यान्वयनमा ल्याएमा यस क्षेत्रमा संलग्न ठूलो संख्यामा व्यवसायी संकटमा पर्ने बताएको छ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले विगतकै नीति कार्यान्वयनमा ल्याएमा समस्या समाधान हुने बताए। उनले विगतमा विहान १० बजेदेखि बेलुका १० बजेसम्म मदिरा बिक्री गर्न पाउने र १६ वर्ष मुनीका बालबालिकालाई बिक्री गर्न नपाउने नीति कार्यान्वयनमा ल्याए सबै समस्या समाधान हुने बताए।
उनले मदिरासँग संस्कृति समेत जोडिएको बताउँदै नियन्त्रण गर्न खोज्दा थप विकृती आउनसक्ने जोखिम समेत रहेको बताए।
FACEBOOK COMMENTS