काठमाण्डौ – सरकारले पुल्चोकमा रहेको मन्त्री क्वटर सार्ने भएको छ।
ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा नयाँ आवास निर्माण गरेर मन्त्री क्वाटर सार्ने निर्णय मन्त्रीपरिषदले गरेको हो।
मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको हो।
सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री निवास बनाउन लागेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको जानकारी दिए।

त्यस्तै, सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण गर्न लागिएको बाँस्कोटाले जानकारी दिए।

मन्त्रीपरिषदले पास गरेका अन्य निर्णय

