अन्जन राज न्यौपाने गोरखा, ०६ असार – तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक मर्स्याङ्दी नदिको कटानका कारण अवरुद्ध भएको छ । नदिको कटानका कारण तनहुँतर्फको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने भएको हो । नदीले कटान गरेसगै गोर्खावासी र तनहुँवासीका स्थानीयहरु चिन्तित भएका छन्।
तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिका बीच निर्मित उक्त पुल गोरखाको उत्तर पश्चिम भेगलाई जोड्ने मुख्य प्रवेशद्धारको रुपमा रहेको छ ।
FACEBOOK COMMENTS