काठमाडौं– सिप्रदी ट्रेडिङले नेक्सन क्राजको बिक्री सुरु गरेको छ। टाटा गाडीको अधिकृत विक्रेता सिप्रदीले नेपाली बजारमा सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयुभीको पहिचान बनाएको नेक्सनको अर्को संस्करण नेपाली बजारमा ल्याएको हो।
मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले क्राजले अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।चार स्पीकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।
कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पेटोल र १५००सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।