साधारणसभा स्थगनको संकेत
२८ फाल्गुण – नेपाल उद्योग वाणिज्य महासंघले चैत्र २८ मा साधारणसभा गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्ने भएको छ । महासंघको आसन्न निर्वाचन एवम् साधरण सभामा करिब तीन हजार प्रतिनिधीहरु भेला हुने हुँदा कोरोना भाईरसको जोखिम बढ्न सक्ने भएकाले काठमाडौं जिल्ला प्रशासनले त्यसलाई रोक्ने संकेत दिएको छ ।
कर्पोरेटखबरका सम्पादक सरोज ओझाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग फोन वार्ता गरि हजार – दुई हजारको संख्यामा मानिसहरुको जमघट गर्न मिल्छ कि मिल्दैन भनि जिज्ञासा राखेका थिए । सो प्रश्नको जवाफमा प्रजिअले स्पष्ट पार्ने क्रममा भनेका छन् ‘विश्व स्वास्थ्य संगठनले समेत नेपालमा उच्च जोखिम रहेको औल्याएको अवस्थामा नेपाल सरकार मातहत हुने सभा सम्मेलन लगायत मास ग्यादरिङ्ग हुने कुनै पनि किसिमका कार्यक्रम स्थगन गरिएको अवस्था छ, र यस्तो अवस्थामा भिडभाड हुने गतिविधी नगर्न नगराउन भन्दै हामीले सबै संघ संस्थाको ध्यानाकर्षण गराउन सुचना जारी गरेका छौ’, ‘यसको अर्थ सामान्य जमघट गर्न नदिने भन्ने चाही होइन, यद्यपी सयौ र हजारौको संख्यामा जमघट गर्न चाही वर्जित नै छ ।’ उनले भने ।
‘विश्व स्वास्थ्य संगठनले समेत नेपालमा उच्च जोखिम रहेको औल्याएको अवस्थामा नेपाल सरकार मातहत हुने सभा सम्मेलन लगायत मास ग्यादरिङ्ग हुने कुनै पनि किसिमका कार्यक्रम स्थगन गरिएको अवस्था छ, र यस्तो अवस्थामा भिडभाड हुने गतिविधी नगर्न नगराउन भन्दै हामीले सबै संघ संस्थाको ध्यानाकर्षण गराउन सुचना जारी गरेका छौ’”
यदि हजार दुई हजारको संख्यामा मानिसहरु भेला हुने कार्यक्रम छ भने त्यसलाई प्रशासनले हस्तक्षेप गर्दै रोक्छ त रु भन्ने हाम्रो प्रश्नको जवाफ दिदै प्रजिअ दाहालले भने – ‘हामीसँग स्वीकृती नलिई यस्ता कार्यक्रम गर्न नै वर्जित छ, यदि कोहीकसैले अटेर गरि संवेदनहिन बन्छ वा सुचनालाई लत्याउछ भने हामी हस्तक्षेप गर्छौ नै, किनभने, हामीले यस्ता विषयमा संवेदनशिलता देखाएनौ भने भोली पछुताउन नपर्ला भन्न सकिन्न ।’ प्रजिअ दाहालले बताए ।
‘हामीले उच्च सतर्कता अपनाउदै सुचना समेत् जारी गरेका छौ, त्यो भनेको सबैलाई पूर्व सावधानी अपनाउन सतर्क रहनुस् भनेको हो । यस्तो अवस्थामा आँफैले बुझेर के गर्दा उपर्युक्त हुन्छ र के गर्न हुन्न भन्ने बिषयमा सामान्य ढंगले सोच्न सकिन्छ । “
‘हामीले उच्च सतर्कता अपनाउदै सुचना समेत् जारी गरेका छौ, त्यो भनेको सबैलाई पूर्व सावधानी अपनाउन सतर्क रहनुस् भनेको हो । यस्तो अवस्थामा आँफैले बुझेर के गर्दा उपर्युक्त हुन्छ र के गर्न हुन्न भन्ने बिषयमा सामान्य ढंगले सोच्न सकिन्छ । हाम्रो आशय केही समय धर्य गर्नुस, हामी सबै निती नियमसँगसंगै समाजले पचाउने हिसाबले ब्यवहार गर्दै अघि बढौ भन्ने हो ।’ प्रजिअ दाहालले संवादलाई विट मार्दै भनेका छन् ।
FACEBOOK COMMENTS