काठमाडौं, कार्तिक ६- महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले बताउनु भएको छ ।
काठमाडौंमा आयोजित बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री मगरले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।
यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चिनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताउनुभयो । उहाँले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको उहाँले बताउनुभयो ।
नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS